युद्धग्रस्त देश इजरायलमा कामदार पठाउन जोड गर्दै श्रममन्त्री

हिमाल प्रेस २७ साउन २०८१ १२:०५
10
SHARES
युद्धग्रस्त देश इजरायलमा कामदार पठाउन जोड गर्दै श्रममन्त्री गाजापट्टि सहरको पश्चिममा इजरायली हवाई हमलापछि उडेको धुवाँ। इजरायली आक्रमणमा शुक्रबार कम्तीमा ११ प्यालेस्टाइनीको मृत्यु भएको छ। तस्बिर : सिन्हवा/रासस

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सुरक्षामन्त्री शरतसिंह भण्डारीले युद्धग्रस्त देश इजरायल कामदार पठाउन जोड गरिरहेका छन्। श्रममन्त्री भण्डारीले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा कामदारको छनोट प्रक्रियामा पेस गरिएका कागजातको आधिकारिकता जाँच गर्न उच्चस्तरीय पाँच सदस्यीय छानबिन समिति गठन गरेका छन्।

उनले शुक्रबार मन्त्रालयका उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको श्रम मन्त्रालयले जनाएको छ। इजरायल कामदार पठाउन सहजीकरण र छनोटमा परेका परिक्षार्थी पेस गरेका कागजात छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरिएको संयोजक रिजालले जानकारी दिए।

इजरायलसँग भएको सम्झौताअनुसार नै दीर्घकालीन स्याहार केन्द्रमा सरकारी संयन्त्र (जीटूजी)बाट कामदार पठाउन छनोट व्यवस्थित र पारदर्शी बनाउन समिति गठन भएको उनको भनाइ छ।

सरकारसँग इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपाली कामदार वैदेशिक रोजगारीमा पठाउन रोक लगाउनुपर्ने विभिन्न ट्रेड युनियनले गर्दै आएका छन्। ट्रेड युनियनले मध्यपूर्वका देशमा युद्धको सम्भावना बढ्दै गएका कारण इजरायललगायत लेबनान, टर्की, इरान र इराक नेपाली कामदार पठाउने रोक्नु लगाउनुपर्ने माघ गत माघदेखि गर्दै आएका छन्।

तर श्रम मन्त्रालयले टे«ड युनियनको माग प्रति गम्भीर देखिएको छैन। श्रम मन्त्रालयले गत जेठ अन्तिममा इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा आठ सय कामदार पठाउन आवदेन माग गरेको थियो।

यसका लागि ४ हजार ५ सयभन्दा बढीको आवेदन परेको वैदेशिक रोजगार विभागले जनाएको छ।

हाल मध्येपूर्वका देशमा युद्धको उच्च सम्भावना बढेको छ। त्यही भएर इजरायल, लेवनान र टर्कीमा नेपाली कामदार पठाउने रोक्नुपर्ने नेपाल टे«ड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठको माग छ। उनका अनुसार सरकारले मध्येपुर्वका देश र इजरायल कामदार पठाउन तत्काल रोक्नुपर्छ।

युद्धको सम्भावना रहेका देशमा सरकारले जोखिम मोलेर कामदार पठाउनु नहुने उनले बताए। ‘कञ्चनपुरका विपिन जोशी हाल पनि हमासको कब्जामा छन्। त्यहाँ हमास प्रमुख इरानमा मारिएपछि तनाव बढ्दो छ। त्यही भएर इजरायल कामदार पठाउन रोक्नुपर्छ।’ उनले भने।

हमासको कब्जामा रहेको जोशीलाई सरकारले छुटाउन पहल गर्न नसकेको उनको आरोप छ। गत महिना श्रममन्त्री भण्डारीले श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नेपालका लागि इजरायली राजदूत हनान गोदारसँग भएको शिष्टाचार भेटमा इजरायलले दुई हजार नेपाली कामदार लैजाने सहमति भएको थियो।

अहिले दुई हजार कामदार पठाउने गरी छनोट भइरहेको र छनोटमा परेका कामदारको परिक्षा गराउने तयारी भइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ।

२५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी (एएनएम) वा सीएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको, कम्तीमा ४५ किलोग्राम तौल हुनुपर्ने, तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी तीन महिनाको तालिम लिएका र कक्षा १२ वा सोसरहको शैक्षिक योग्यता भएका नेपाली युवा–युवती इवरायलको रोजगारीका लागि आवेदन दिन पाउँछन्।

इजरायलले दुई हजार नेपाली केयर गिभर लैजाने भएपछि विभागले गत असार ११ देखि भर्ना छनोट प्रक्रिया अघि बढाएको विभागले जनाएको छ। हाल इजरायलमा पाँच हजारभन्दा बढी नेपाली कामदार कार्यरत छन्।

प्रकाशित: २७ साउन २०८१ १२:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − ten =