काठमाडौँ- उपप्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले समाजमा देखिएको निराशालाई कामबाटै चिर्ने र नागरिकको दैनिकी सहज बनाउने बताएका छन्। आज काठमाडौँ क्षेत्र नं १ मा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले जनताले अनुभूति गर्ने गरी काम गरेर निराशा चिर्ने बताए।
अहिलेको सरकार विशिष्ट अवस्थामा बनेकोबारे सबैलाई जानकारी रहेको भन्दै उनले राजनीति निकास र आर्थिक विकासका लागि सरकारले काम गर्ने बताए।
‘सरकारले अहिले समाजमा देखिएको निराशालाई चिर्ने , काम गरेर देखाउने र डेलिभरेन्स दिने छ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘सरकार गठनअघि देशलाई समृद्धिको मार्गमा लैजाने, निराशा चिर्ने र प्राप्त उपलब्धि रक्षा गरेर जानेगरि भएको सहमतिको जगमा यो सरकार बनेको तपाईहरूलाई थाहै छ।’
प्रकाशित: २६ साउन २०८१ १२:१५
प्रतिक्रिया