दिल्लीका पूर्वउपमुख्यमन्त्री सिसोदिया १७ महिनापछि रिहा

हिमाल प्रेस २५ साउन २०८१ १९:३४
14
SHARES
दिल्लीका पूर्वउपमुख्यमन्त्री सिसोदिया १७ महिनापछि रिहा दिल्लीका पूर्वउपमुख्यमन्त्री मनिष सिसाेदिया

काठमाडौँ- आम आदमी पार्टीका नेता एवं दिल्लीका पूर्वउपमुख्यमन्त्री मनिष सिसोदिया रिहा भएका छन्।
पूर्वउपमुख्यमन्त्री सिसोदिया १७ महिनापछि जेलबाट रिहा भएका हुन्।

भारतको सर्वोच्च अदालतले जमानत दिएपछि उनी जेलबाट रिहा भएको बीबीसीले जनाएको छ। सर्वोच्च अदालतले उनलाई १० लाख रूपैयाँ धरौटी राख्न र पासपोर्ट जिम्मा लगाउन भनेको छ।

यसअघि ट्रयाल कोर्ट, उच्च अदालत र सर्वोच्च अदालतले जमानतका लागि सिसोदियाले दिएको निवेदन कैयौंपटक खारेज गरिदिएको थियो।

सिसोदियालाई गत वर्ष २६ फेब्रुअरीमा सीबीआई र ९ मार्चमा प्रवर्तन निर्देशनालय (ईडी) ले पक्राउ गरेको थियो।

प्रकाशित: २५ साउन २०८१ १९:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast