जन्मकैद सजाय पाएका पूर्वशिक्षक १६ वर्षपछि पक्राउ

हिमाल प्रेस २४ साउन २०८१ १७:०९
16
SHARES
जन्मकैद सजाय पाएका पूर्वशिक्षक १६ वर्षपछि पक्राउ

काठमाडौँ- कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरी जन्मकैदको सजाय तोकेपछि फरार रहेका एक जनालाई धनुषा प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका-१३ का ५६ वर्षीय पवन महतो रहेको धनुषा प्रहरी प्रवक्ता एवम् डिएसपी रञ्जन अवाले जानकारी दिए। उनी पेशाले पूर्वशिक्षक हुन्।

उनका अनुसार २०६५ सालमा महतोले स्थानीय नागेन्द्र यादवलाई गोली हानी हत्या गरेर फरार रहेका थिए। हत्यापछि फरार रहेका महतोको मुद्दामा सर्वोच्च अदालतले २०८० मंसिर ८ गते उनलाई जन्मकैदको फैसला गरेको थियो।

महतोलाई बिहीबार प्रहरीले सबैला नगरपालिकाकै सबैला बजारबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालत धनुषा पठाइएको छ।

प्रकाशित: २४ साउन २०८१ १७:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 6 =