नेपालको कानुनमा अग्रिम जमानतको व्यवस्था हुनुपर्छ : कानुनमन्त्री

हिमाल प्रेस २५ साउन २०८१ १६:५८
14
SHARES
नेपालको कानुनमा अग्रिम जमानतको व्यवस्था हुनुपर्छ : कानुनमन्त्री

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपालको कानुनमा अग्रिम जमानतको व्यवस्था हुनुपर्ने बताएका छन्।

शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा कानुनमन्त्री चौरसियाले नेपालको कानुनमा अग्रिम जमानतको व्यवस्था हुनुपर्ने बताएका हुन्। उनले जबर्जस्तीकरणी मुद्दाको वर्गीकरण गर्नुपर्ने बताए।

कानुनमन्त्री चौरसियाले समान उमेरका बालबालिकाबीचमा सहमतिमा हुने सम्बन्धमा बालकलाई मात्रै विभिन्न मुद्दा लाग्ने गरेको भन्दै त्यस्तो कानुन सुधार गर्नुपर्ने बताए। प्रशासनले कुदृष्टि राखेर व्यक्तिलाई अनावश्यक रूपमा मुद्दा चलाइने गरेको भन्दै कानुनमा आवश्यक सुधार गर्न आफू तयार रहेको बताए।

कानुनमन्त्री चौरसियाले राष्ट्रले धान्न सक्ने संशाधनभित्र रहेर नेपालका कारागार र बाल सुधारगृहको सुधार गर्न आफू तयार रहेको बताए।

प्रकाशित: २५ साउन २०८१ १६:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − one =