कर्णाली : डेढ वर्षमा २२ मन्त्री

रमा केसी २५ साउन २०८१ १४:०४
50
SHARES
कर्णाली : डेढ वर्षमा २२ मन्त्री कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल र पूर्वमुख्यमन्त्री राजकुमार शर्मा।

सुर्खेत- कर्णालीमा प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु भएको डेढ वर्षमा आधाभन्दा बढी सांसद मन्त्री भएका छन्। २०७९ पुसयता कर्णालीमा दुईवटा सरकार गठन भएका छन्। ४० सदस्यीय प्रदेशसभामा सभामुखबाहेक ३९ जना सांसद छन्।

साढे एक वर्ष अवधिमा २२ जना सांसद मन्त्री बनिसकेका छन्। यीमध्ये दुईजना मुख्यमन्त्री हुन्। केन्द्रमा हुने सत्ता समीकरण र गठबन्धनको असर प्रदेशमा देखा परेको छ।

२०७९ पुस २७ गते नेकपा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले एमाले र कांग्रेसबाट विभिन्न समयमा गरी १० जना मन्त्री बनाएका थिए।

शर्मा मुख्यमन्त्री बन्दा मंगलबहादुर शाही, कृष्णबहादुर जीसी, भीमप्रकाश शर्मा र उर्मिला विश्वकर्मा मन्त्री भएका थिए। यसैगरी एमालेका टेकराज पछाई, जितबहादुर मल्ल, विनोदकुमार शाह मन्त्री बनेका थिए। कांग्रेसका वेदराज सिंह, खड्ग पोखरेल र कृष्णकुमार बीसी मन्त्री बनेका थिए।

एमालेका यामलाल कँडेल मुख्यमन्त्री बनेपछि एमालेकै शेरबहादुर बुढा र गमता विक मन्त्री बनेका छन्। यसैगरी माओवादीबाट मन्त्री बनेका महेन्द्र केसी, रणसिंह परियार, दुर्गबहादुर रावत, वीरबहादुर शाहीले राजीनामा दिएपछि कांग्रेसका घनश्याम भण्डारी, राजीवविक्रम शाह, विजया बुढा र सुरेश अधिकारी मन्त्री बनेका छन्।

एमालेसँगको सहकार्यमा बनेको सरकारमा मुख्यमन्त्री शर्माले विनोदकुमार शाह, टेकराज पछाई, जितबहादुर मल्ल, मंगलबहादुर शाही, कृष्णबहादुर जीसी, भीमप्रकाश शर्मा, वेदराज सिंह, खड्गबहादुर पोखरेल, कृष्णबहादुर बीसी र उर्मिला विश्वकर्मालाई मन्त्री बनाएका थिए।

२०८० चैत २७ मा मुख्यमन्त्री बनेका एमालेका यामलाल कँडेलले पनि १० जना मन्त्री नियुक्त गरे। कँडेल क्याबिनेटमा महेन्द्र केसी, दुर्गबहादुर रावत, रणसिंह परियार, वीरबहादुर शाही, शेरबहादुर बुढा, गमता विक मन्त्री थिए।

केन्द्रमा गठबन्धन भएपछि कँडेलले कांग्रेसका चारजनालाई मन्त्रिपरिषद्मा ल्याएका छन्। जसमा घनश्याम भण्डारी, विजया बुढा, सुरेश अधिकारी र राजीवविक्रम शाह रहेका छन्।

एमाले कांग्रेसबीचको आलोपालो सरकार चलाउने सहमतिअनुसार फेरि एक मुख्यमन्त्रीसहित सात मन्त्री थपिने निश्चित छ।

सबैभन्दा धेरै माओवादीबाट

कर्णालीमा सबैभन्दा धेरै माओवादीबाट मुख्यमन्त्रीसहित नौजना सांसद मन्त्री बनेका छन्। माओवादीबाट राजकुमार शर्मा मुख्यमन्त्री बनेका बेला मंगलबहादुर शाही, कृष्णबहादुर जीसी, भीमप्रकाश शर्मा, उर्मिला विश्वकर्मा मन्त्री बनेका थिए। यसैगरी एमालेका यामलाल कँडेल बन्दा माओवादीबाट महेन्द्र केसी, रणसिंह परियार, दुर्गबहादुर रावत र वीरबहादुर शाही मन्त्री बनेका थिए।

एमालेका एक मुख्यमन्त्रीसहित ६ जना मन्त्री बनेका छन्। एमालेका मुख्यमन्त्री यामलाल कँडेलसहित टेकराज पछाई, जितबहादुर मल्ल, विनोदकुमार शाह, शेरबहादुर बुढा र गमता विक मन्त्री बनेका छन्। नेपाली कांग्रेसका ७ जना मन्त्री बनेका हुन्। कांग्रेसका वेदराज सिंह , खड्ग पोखेल र कृष्णकुमार बीसी, घनश्याम भण्डारी, राजीवविक्रम शाह, विजया बुढा र सुरेश अधिकारी मन्त्री बनेका छन्।

कर्णालीका पहिलो मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कार्यकालमा ११ जनाले मन्त्री बन्ने अवसर पाएका थिए। शाहीले २०७४ फागुन ३ देखि झण्डै तीन वर्ष कर्णालीको बागडोर सम्हालेका थिए।

प्रदेशसभाको अघिल्लो कार्यकालमा माओवादीका सबै सांसद मन्त्री बनेका थिए। १३ सांसद मध्ये नेकपा विभाजन हुँदा एमालेतिर लागेका दुईजना र एकजना उपसभामुखबाहेक ११ जना मन्त्री बनेका थिए।

यसैगरी झण्डै १६ महिने चुनावी सरकारको नेतृत्व गरेका कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले पनि पटक-पटक मन्त्रिपरिषद् विस्तार गरी १० जनालाई मन्त्री बनाए। उनी २०७८ कात्तिक १६ मा कर्णाली प्रदेशको दोस्रो मुख्यमन्त्री बनेका थिए।

प्रकाशित: २५ साउन २०८१ १४:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 8 =