एकै दिन एक हजार पाँच सय रुपैयाँले बढ्यो सुनको भाउ

हिमाल प्रेस २५ साउन २०८१ ११:३१
62
SHARES
एकै दिन एक हजार पाँच सय रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडाैँ- आज नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ। हिजाे प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला एक हजार पाँच सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

हिजाे बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको भाउ पनि बढेको छ। हिजाे प्रतितोला १६ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १७ सय ३० रुपैयाँमा काराेबार भइरहेको छ।

यो भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रुपैयाँ बढेको हो।

प्रकाशित: २५ साउन २०८१ ११:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 4 =