आज कहाँ कहाँ छ वर्षाको सम्भावना?

हिमाल प्रेस २५ साउन २०८१ ६:०७
20
SHARES
आज कहाँ कहाँ छ वर्षाको सम्भावना?

काठमाडौँ- आज बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ।

बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागकाे भनाइ छ। दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।

काेशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ। काेशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

विभागकाे भनाइमा काेशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव छ।

प्रकाशित: २५ साउन २०८१ ६:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 7 =