टानमा आबद्ध नभएका कम्पनीहरूलाई टानको लोगो हटाउन १५ दिनको अल्टिमेटम

हिमाल प्रेस २४ साउन २०८१ १८:१७
14
SHARES
टानमा आबद्ध नभएका कम्पनीहरूलाई टानको लोगो हटाउन १५ दिनको अल्टिमेटम

काठमाडौँ- ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले आफ्नो लोगो दुरुपयोग नगर्न सचेत गराएको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै टानमा आबद्ध नभएका ट्रेकिङ तथा ट्राभल कम्पनीहरूलाई टानको लोगो प्रयोग नगर्न सचेत गराएको हो।

टानमा आवद्ध नभएका कम्पनीहरुले लेटरप्याड र वेबसाइटहरुमा समेत टानको लोगो अवैध रुपमा समावेश गरेको पाइएको विज्ञप्तिमा जनाइएको छ।

‘यस संघमा आबद्ध नभएका कुनै पनि ट्रेकिङ एजेन्सी, ट्राभल एजेन्सी, होटल लगायतका अन्य पर्यटनसँग सम्बन्धितर गैर–सम्बन्धित संघसंस्थाहरू तथा विभिन्न भ्लग, वेबसाइटहरूमा टानको लोगो राखिएको भएमा तुरुन्त हटाउनु हुन विनम्र अनुरोध गदछौँ,’ विज्ञप्तिमा उल्लेख छ।

टानले १५ दिनभित्र लोगो हटाइसक्न र नहटाए कानुनबमोजिम कारबाही हुने जनाएको छ।

 

प्रकाशित: २४ साउन २०८१ १८:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =