कांग्रेस केन्द्रीय समितिमा उठ्यो संविधान संशोधनको विषय

हिमाल प्रेस २४ साउन २०८१ १५:५६
276
SHARES
कांग्रेस केन्द्रीय समितिमा उठ्यो संविधान संशोधनको विषय फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा संविधान संशोधनको विषय उठेको छ। बैठकको दोस्रो दिन बिहीबार केन्द्रीय सदस्य गुरु बरालले संविधान संशोधन गरी निर्वाचन प्रणाली सुधार गर्नुपर्ने विषय उठाएका छन्।

बुँदागत रुपमा आफ्नो भनाइ राखेका उनले मौजुदा संविधान कार्यान्वयनमा आएको १० वर्ष पुग्न लागेको भन्दै यसमा समयानुकूल परिमार्जन र संशोधन हुनुपर्ने बताएका छन्। उनले संविधानमा निर्वाचन प्रणालीबारे संशोधन गर्नुपर्ने र चुनाव महँगो बनेकाले त्यसलाई पनि रोक्नुपर्ने बताएका छन्।

बैठकमा केन्द्रीय सदस्य बरालले बंगलादेशको राजनीतिक संकटलाई लिएर नेपालमा गलत भाष्य स्थापित गर्न खोजिएको भन्दै त्यसको कांग्रेसले खण्डन गर्नुपर्नेसमेत बताएका छन्।

उनले चाडवाडका बेला हुने कृतिम अभाव, आपूर्तिलगायतका विषयमा पनि आफ्नो भनाइ राखेका थिए। अहिले बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी छ।

प्रकाशित: २४ साउन २०८१ १५:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 6 =