औषधिको जथाभावी प्रयोगले असुरक्षित गर्भपतन

हिमाल प्रेस २४ साउन २०८१ १५:०२
28
SHARES
औषधिको जथाभावी प्रयोगले असुरक्षित गर्भपतन

सुर्खेत – सहर बजार तथा ग्रामीण क्षेत्रमा जथाभावी औषधि प्रयोगले महिला तथा किशोरीहरुमा असुरक्षित गर्भपतन गराउने संख्या बढेको छ। चिकित्सकको निर्देशनविना औषधि सेवन तथा औजार प्रयोग गरी असुरक्षित गर्भपतन गराइ ज्यान नै जोखिममा पारी अन्तिम अवस्थामा अस्पताल आउनेको संख्या बढेको हो।

सुर्खेतमा हेल्थ टुडे मिडियाले आयोजना गरेको ‘सुरक्षित गर्भपतनका लागि जवाफदेहिता’ विषयक कार्यक्रममा सहभागी चिकित्सक तथा स्वास्थ्य क्षेत्रका अगुवाहरुले जथाभावी औषधी प्रयोग गरी स्वास्थ्य नै जोखिममा पारी असुरक्षित गर्भपतन गराउने गरिएको पाइएको जनाएका छन्।

प्रदेश अस्पताल सुर्खेतका स्त्रीरोग विशेषज्ञ डा. नम्रता भट्टराईले १२ हप्तासम्मको गर्भपतनका कुनै सोधखोज नै नगरी सुरक्षित रुपमा गर्भपतन गराउन पाइने र जोखिमपूर्ण अवस्थामा २८ हप्तासम्मको गर्भपतन गराउन पाइने भए पनि अन्तिम अवस्थामा ज्यान नै जोखिममा पार्ने गरी गर्भपतन गराउन आएको पाइएको बताइन्।

गर्भपतन गराउन आउनेमा १५ वर्षदेखि १९ वर्ष उमेरका किशोरीहरु पनि रहेको उनले जनकारी दिइन्। यही उमेरमा असुरक्षित गर्भपतन बढी हुने भएकाले ज्यान नै जोखिममा पर्ने सम्भावना बढी भएको उनले बताइन।

अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा धेरैजसो अवैध रुपमा औषधि प्रयोग गरी बढी रक्तस्राव र ज्वरो आएपछि आउने गरेको उनको भनाइ छ।

उनले विगतमा असुरक्षित तरिकाले गर्भपतन गराउने गरिएको भए पनि अहिले अवैध औषधिको प्रयोग बढेको

जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका फोकलपर्सन अन्जना भण्डारीले विगत दुई वर्षमा औषधि प्रयोग र औजार प्रयोग गरी गर्भपतन गराउनेको संख्या केही बढेको जानकारी दिइन्।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा सुर्खेतमा २६ सय ७१ जनाले सुरक्षित गर्भपतन गराएका थिए। जसमा औषधिको प्रयोग गरेर १ हजार ८ सय ३० र औजार प्रयोग गरी ८३१ जनाले गर्भपतन गराएका थिए।

यसमा २० वर्षमुनिका ५.९ प्रतिशत छन्। यस्तै आ.व. २०८०/०८१ मा कूल २ हजार ७ सय ५६ जनाले गर्भपतन गराएकोमा औषधि प्रयोग गरी १ हजार ८ सय ६६ जना र औजार प्रयोग गरी ८७० जनाले गराएका थिए। यसमा २० वर्ष मुनिका ७.८ प्रतिशत छन्।

फोकल पर्सन भण्डारीले पर्याप्त अनुगमन हुन नसक्दा औषधीको जथाभावी प्रयोग भइरहेको बताइन्। जथाभावी औषधि प्रयोग हुँदा अत्यधिक रक्तस्राव हुने र महिलाको अवस्था जटिन हुने उनको भनाइ छ।

सुरक्षित गर्भपतनका लागि सुचीकृत स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीबाट मात्रै गर्भपतन गराउन सुझाव दिइन्। सुर्खेतमा १४ वटा सरकारी र पाँच वटा निजी स्वास्थ्य संस्थाहरुमा सुरक्षित गर्भपतन गराउने गरिएको उनले जानकारी दिइन्।

आ.व. २०८०/०८१ मा कूल २ हजार ७ सय ५६ जनाले गर्भपतन गराएकोमा औषधि प्रयोग गरी १ हजार ८ सय ६६ जना र औजार प्रयोग गरी ८७० जनाले गराएका थिए। यसमा २० वर्ष मुनिका ७.८ प्रतिशत छन्।

भण्डारीले सुरक्षित गर्भपतनका लागि सूचीकृत स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीबाट मात्रै गर्भपतन गराउन सुझाव दिइन्। सुर्खेतमा १४ वटा सरकारी र पाँच वटा निजी स्वास्थ्य संस्थालाई सुरक्षित गर्भपतनका लागि सूचीकृत गरिएका छ भने १४ जना जनशक्तिलाई सूचिकृत गरिएको छ।

सूचीकृत गरिएका भन्दा अन्य औषधीहरु खुलेआम पाइने र जथाभावी प्रयोगले जटिलता आएको उनले उल्लेख गरिन्। मुलुकी अपराध संहिताअनुसार असुरक्षित गर्भपतन गराएको खण्डमा १२ हप्तासम्मको हकमा एक वर्ष कैद र १० हजार जरिवाना, २५ हप्तासम्मको हकमा तीन वर्ष कैद र ३० हजार जरिवाना र २५ हप्ता बढीको हकमा पाँच वर्ष कैद र ५० हजार जरिवाना तोकिएको छ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले स्थानीयहरुलाई नै अनुगमन, नियमन अधिकार भएकोले औषधि र स्वास्थ्यसंस्थाको अनुगमन गर्न सुझाव दिए। जथाभावी औषधि बिक्रीवितरण तथा प्रयोगले स्वास्थ्यमा असर परेकाले बेलाबखतमा अनुगमन गर्न आवश्यक रहेको उनको भनाइ थियो।

हेल्थ टुडे मिडियका अध्यक्ष पद्मराज जोशीले असुरक्षित गर्भपतन चुनौतीको रुपमा बढेकाले चिकित्सकको सल्लाह लिएर,सूचीकृत स्वास्थ्य संस्था र स्वासथ्यकर्मीबाट मात्र गर्भपतनलाई गराउन सुझाव दिए।

प्रकाशित: २४ साउन २०८१ १५:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast