यूएईमा रक्सी खाएर हल्ला गर्ने नेपालीलाई दूतावासले गरायो ध्यानाकर्षण

हिमाल प्रेस २४ साउन २०८१ ११:२३
50
SHARES
यूएईमा रक्सी खाएर हल्ला गर्ने नेपालीलाई दूतावासले गरायो ध्यानाकर्षण

काठमाडौँ- संयुक्त अरब इमिरेट्स(यूएई)स्थित नेपाली दूतावासले रोजगारीमा त्यहाँ कार्यरत नेपाली कामदारलाई मादक पदार्थ सेवन गरेर झगडा नगर्न ध्यानाकर्षण गराएको छ। यूएईमा रहेका नेपालीले मादक पदार्थ सेवन गरेर होहल्ला गरेको सूचना दूतावासलाई आएपछि दूतावासको सूचनामा भनिएको छ।

दूतावासले साउन २२ गते सूचना जारी गरेर यूएईमा रहेका नेपालीलाई आफू बसेको र काम गर्ने ठाउँमा सभ्य व्यवहार गर्न सूचित गराएको छ। दूतावासको सूचनाका अनुसार त्यहाँ रहेका नेपालीले रक्सी खाएर सुरक्षाकर्मीलाई अपदशब्द प्रयोग गर्ने गरेको र डयुटीमा खटिएका सुरक्षाकर्मीका सूचनाका आधारमा यूएई प्रहरीले कारबाही गरेको समेत दूतावासले जनाएको छ।

यस्तै, मादक पदार्थ सेवन गरेर हुलहुज्जत गर्ने, अराजक व्यवहार गर्ने, दूतावासको सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि समेत अपशब्द प्रयोग गर्ने काम भइरहेको र यस्तो नगर्ने दूतावासको सूचनामा भनिएको छ।

प्रकाशित: २४ साउन २०८१ ११:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − two =