स्नातक पहिलो वर्षको खुल्यो भर्ना आवेदन

हिमाल प्रेस २४ साउन २०८१ ९:३१
18
SHARES
स्नातक पहिलो वर्षको खुल्यो भर्ना आवेदन

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातक तहमा भर्ना आह्वान गरेको छ। त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले शैक्षिक वर्ष २०८१/०८२ मा मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षाशास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा विद्यार्थी भर्ना आह्वान गरेको हो।

वार्षिक प्रणालीका लागि स्नातक तह प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाको सम्पूर्ण कार्यतालिका नै सार्वजनिक गरिएको हो। साउन २८ गतेदेखि भदौ मसान्तसम्म आवेदन फाराम बुझाउने म्याद दिइएको छ। असोजदेखि कक्षा सञ्चालन हुनेछ। २०८२ वैशाखमा परीक्षा फाराम बुझाउने समय राखिएको छ । भने २०८२ को जेठमा कक्षा समाप्त हुनेछ। अन्तिम परीक्षा २०८२ को असारमा हुनेछ भने २०८२ को असोजमा नतिजा प्रकाशन गरिनेछ।

विद्यार्थीले प्रवेश चाहेको प्रत्येक संकाय अध्ययन संस्थान र विषय अनुसार क्याम्पसमा बेग्लाबेग्लै आवेदन फाराम बुझाउनु पर्नेछ शिक्षाध्यक्षको कार्यालयले जनाएको छ। प्रकाशित शैक्षिक तालिका अनुसार विद्यार्थी भर्ना, कक्षा सञ्चालन र परीक्षा सञ्चालन समेत गर्न गराउन सम्बन्धित निकायहरूलाई जानकारी गराउन समेत भनेको छ।

प्रकाशित: २४ साउन २०८१ ९:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 6 =