कोशी प्रदेशको कार्यसम्पादनमा तेह्रथुम उत्कृष्ट

हिमाल प्रेस २४ साउन २०८१ ८:१०
4
SHARES
कोशी प्रदेशको कार्यसम्पादनमा तेह्रथुम उत्कृष्ट

तेह्रथुम- कोशी प्रदेशभरिका प्रशासन कार्यालयमध्ये तेह्रथुम उत्कुष्ट घोषित भएको छ। गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीसँग कार्यसम्पादन सम्झौता गरेअनुसार मूल्यांकनका आधारमा तेह्रथुम ९६ दशमलव आठ सय ७५ अंक प्राप्त गरी उत्कृष्ट ठहरिएको हो।

जिल्लमा शान्ति, सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वयका आधारमा तेह्रथुमले उक्त अंक पाएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताए।

आर्थिक वर्ष २०७९/८० मा ३७औँ स्थानमा रहेको तेह्रथुम आव २०८०/८१ मा आठौँ स्थानमा उक्लिएको उनले बताए। कोशी प्रदेशको सोलुखुम्बु भने ७७ जिल्लाको सूचीमा दशौँ स्थान छ । यद्यपि कोशी प्रदेशमा भने दोस्रो स्थान हासिल गरेको छ। धनकुटा ९५ दशमलव आठ सय ७५ अंक प्राप्त गर्दै कोशी प्रदेशमा तेस्रो भएको छ।

प्रकाशित: २४ साउन २०८१ ८:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =