बंगलादेशको अन्तरिम सरकार प्रमुख युनुसको शपथ भाेलि

हिमाल प्रेस २३ साउन २०८१ २०:०६
24
SHARES
बंगलादेशको अन्तरिम सरकार प्रमुख युनुसको शपथ भाेलि

काठमाडौँ- बंगलादेशका अन्तरिम सरकारका ‘मुख्य सल्लाहकार’ का रूपमा अर्थशास्त्री मुहम्मद युनुसले बिहीबार सपथ लिने भएका छन्।

बंगलादेशका सेनाध्यक्ष वकार–उज–जमानले अन्तरिम सरकारका ‘मुख्य सल्लाहकार’ का रूपमा बिहीबार साँझ सपथ लिने बताएका हुन्। बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर उनले भोलि रातिसम्म युनिुसले सपथ लिने बताए।

सेनाध्यक्ष जमानले प्राध्यापक युनुसले अन्तरिम सरकारको ‘मुख्य सल्लाहकार’ का रूपमा आफ्नो काम सफलताका साथ गर्ने विश्वास व्यक्त गरे। उनले बंगलादेशलाई राम्रो लोकतन्त्रतर्फ डो¥याउने सेनाध्यक्ष जमानको भनाइ थियो।

जमानले अन्तरिम सरकारमा १५ जना सदस्य हुनसक्ने बताए। उनले भने,‘मलाई लाग्छ यसमा कम्तीमा १५ सदस्यीय हुन सक्छ। यद्यपि यसबारे धेरै कुरा भन्न सकिन्न, किनभने औपचारिक जानकारी जारी गरिएको छैन।’

प्रहरी कार्यक्षेत्रमा नभएकाले शान्ति व्यवस्थामा केही समस्या देखिएको बताउँदै उनले चाँडै प्रहरीको पुनर्गठन हुने उल्लेख गरे।

‘प्रहरी कार्यक्षेत्रमा नहुँदा कठिनाइ हुन्छ। सेनाबाटै सबथोक सम्भव हुँदैन, चाँडै प्रहरीको पुनर्गठन गर्दैछौँ, पुनर्गठन भएसँगै कार्यक्षेत्रमा खटिनेछन्,’ उनले भने।

 

 

प्रकाशित: २३ साउन २०८१ २०:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 1 =