परराष्ट्र सचिव लम्सालले गरिन् मध्यपूर्व एसियाका अधिकारीहरूसँग भर्चुअल छलफल

हिमाल प्रेस २३ साउन २०८१ १९:२४
44
SHARES
परराष्ट्र सचिव लम्सालले गरिन् मध्यपूर्व एसियाका अधिकारीहरूसँग भर्चुअल छलफल

काठमाडौँ- नेपाल–ओमानबीचको परामर्श संयन्त्रको प्रथम बैठकका लागि ओमान पुगेकी परराष्ट्र सचिव सेवा लम्सालले मध्यपूर्व एसियास्थित नेपाली नियोगका अधिकारीहरूसँग भर्चुअल छलफल गरेकी छन्। सचिव लम्सालको अध्यक्षतामा भएको बैठकमा राजदूतहरू, कार्यवाहक राजदूत, महावाणिज्य दूत, श्रम काउन्सेलर, श्रम सहचारीलगायत नियोगका कर्मचारीहरुको उपस्थिति थियो।

बैठकमा अनलाइन मागपत्र प्रमाणीकरण, घरेलु महिला कामदार, श्रमिकको उद्धार, क्षतिपूर्ति, शव व्यवस्थापनलगायत श्रमिकसँग सम्बन्धित समस्या एवं समाधानका उपाय, व्यापार, लगानी, पर्यटन तथा रोजगार प्रवर्द्धन, नेपाली नियोगमा स्रोतसाधनको व्यवस्थापन आदि विषयमा छलफल गरिएको ओमानस्थित नेपाली दूतावासले जनाएको छ।

परराष्ट्र सचिव लम्सालले डिजिटल सुशासन लागू गर्ने नेपाल सरकारको नीतिबमोजिम मागपत्र प्रमाणीकरणको अनलाइन प्रक्रियालाई आत्मसात् गर्दै सेवा प्रवाहलाई सरल, पारदर्शी र प्रभावकारी बनाउन निर्देशन दिइन्।

साथै श्रमिकका समस्या समाधान गरी वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन सबैको सार्थक भूमिका रहनुपर्ने उनले बताइन्। लम्सालले आर्थिक कूटनीति प्रवर्द्धनका लागि सक्रियातापूर्वक काम गर्न निर्देशन दिइन्।

प्रकाशित: २३ साउन २०८१ १९:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast