कांग्रेस बैठकमा : ११ एजेन्डा पेस, प्रतिवेदनमाथि छलफल बिहीबारदेखि

हिमाल प्रेस २३ साउन २०८१ १७:३९
92
SHARES
कांग्रेस बैठकमा : ११ एजेन्डा पेस, प्रतिवेदनमाथि छलफल बिहीबारदेखि फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा यसअघिको महासमिति बैठकमा पेस भएका प्रतिवेदनमाथि बिहीबारबाट छलफल हुने भएको छ। आज बसेको बैठकमा ११ वटा एजेन्डा पेस भएको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए। उनका अनुसार महासमिति बैठकमा पेस भएका विभिन्न प्रस्तावलाई केन्द्रीय समितिका पदाधिकारीले परिमार्जन गरेको बताए।

प्रस्तावमा भोलिबाट छलफल हुने डा.महतको भनाइ छ। महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काको प्रतिवेदनमा जनयुद्ध शब्द र महामन्त्री गगन थापाको प्रस्तावमा रहेको गठबन्धन नगर्ने विषय समेटिएका थिए।

प्रकाशित: २३ साउन २०८१ १७:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast