‘अहिलेलाई प्रधानमन्त्री बन्नबाट पुग्यो, भोलि पहिलो पार्टी बन्यो भने सोचौँला’

हिमाल प्रेस २३ साउन २०८१ १७:१४
250
SHARES
‘अहिलेलाई प्रधानमन्त्री बन्नबाट पुग्यो, भोलि पहिलो पार्टी बन्यो भने सोचौँला’

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ अघि आफू प्रधानमन्त्री नबन्ने घोषणा गरेका छन्।

आज बुधबार पेरिसडाँडामा आयोजित हुम्ला-काठमाडौँ सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ०८४ अघि प्रधानमन्त्री पुगेको बताएका हुन्।

उनले भोलिको समयमा पार्टी पहिलो भएर आए सोच्ने पनि बताए।

‘हामीले हतार गर्ने बेला छैन। कतिपयलाई लाग्ला। ०८४ सम्म प्रधानमन्त्री हुन्न। पुग्यो अहिलेलाई। हामी जनतासम्म जाने हो,’ उनले भने, ‘ भोलि एक नम्बर पार्टी भयो भने के गर्ने त्यही बेला सोचौँला। मलाई डर के छ भने हामीजनता खोज्दै जान्छौँ। तर सरकार हामीलाई खोज्दै आउँछ कि भन्ने छ।’

उनले सरकारमा भएकाहरू काँप्दै बसिरहको आरोप पनि लगाए। ‘हामी सरकारबाट बाहिरिँदा जितेकै ढंगबाट निस्कियौँ। तर सरकारमा गएकाहरू लगलग कापिरहेको अवस्था छ’ उनले भने।

प्रकाशित: २३ साउन २०८१ १७:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast