पाइलट अरुण मल्लले उँडाएको हेलिकप्टरमा थिए चार चिनियाँ पर्यटक

हिमाल प्रेस २३ साउन २०८१ १५:४२
14
SHARES
पाइलट अरुण मल्लले उँडाएको हेलिकप्टरमा थिए चार चिनियाँ पर्यटक

काठमाडौँ-  नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा दुर्घटनामा परेको एयर डाइनेस्टीको हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको छ। एयर डाइनेष्टीको नाइन एन-एजेडी कलसाइनको उक्त हेलिकप्टर पाइलट हेमन्त मल्लले उँडाएका थिए। हेलिकप्टरमा चार जना चिनियाँ पर्यटक सवार थिए।  हेलिकप्टरमा  चिनियाँ पर्यटकहरू जुदाड टाङ (पुरुष), जीलि (पुरुष), यियाद वु-महिला) र जेमिङ सी (पुरुष) रहेका थिए।

हेलिकप्टर बुधबार दिउँसो काठमाडौँबाट रसुवाको स्याप्रुबेँसीतर्फ उडेको थियो। यो हेलिकप्टर काठमाडौँबाट १:५४ मिनेटमा काठमाडौँबाट उँडेको र उँडेको तीनमिनेटसम्म विमानस्थलको सम्पर्कमा रहेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीका अनुसार घटनास्थलमा पाँचै जनाको शव भेटिएको छ। स्थानीयले हेलिकप्टर रुखमा ठोक्किएर दुर्घटनामा परेको बताएको उनले जानकारी दिए।

नुवाकोट हेलिकप्टर दुर्घटना : पाँच जनाको शव फेला

दुई साताको बीचमा दुई हवाई दुर्घटना, २२ जनाको ज्यान गयो

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

प्रकाशित: २३ साउन २०८१ १५:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast