नुवाकोट हेलिकप्टर दुर्घटना : पाँच जनाको शव फेला

हिमाल प्रेस २३ साउन २०८१ १५:२४
306
SHARES
नुवाकोट हेलिकप्टर दुर्घटना :  पाँच जनाको शव फेला

काठमाडौँ- नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना भएको छ। सूर्यचौरमा भएको एयर डाइनेस्टीको हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको छ। गृहमन्त्रालयका आज बुधबार अनुसार हेलिकप्टरमा पाइलट अरुण मल्ल र चार जना चिनियाँ पर्यटक सवार थिए।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी तिलक भारतीका अनुसार घटनास्थलमा पाँच जनाको शव भेटिएको छ।  हेलिकप्टर काठमाडौँबाट रसुवाको स्याप्रुबेसीका लागि उडेको थियो।

एयर डाइनेस्टीको नाइन एनएजेडी हेलिकप्टर हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए। हेलिकप्टरमा  चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जीलि (पुरुष), यियाद वु-महिला) र जेमिङ सी (पुरुष) रहेका थिए।

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

दुई साताको बीचमा दुई हवाई दुर्घटना, २२ जनाको ज्यान गयो

 

प्रकाशित: २३ साउन २०८१ १५:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − five =