नेपाली आफ्नो विवाद आफैं समाधान गर्न सक्षम छन् : देउवा

हिमाल प्रेस २३ साउन २०८१ १४:५९
10
SHARES
नेपाली आफ्नो विवाद आफैं समाधान गर्न सक्षम छन् : देउवा तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालीहरू आफ्नो विवाद आफैं समाधान गर्न सक्षम रहेको बताएका छन्।उनले संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा तीन दलबीच भएको सहमतिले नेपालको शान्ति प्रक्रियालाई नेपाली आफैंले समाधान गर्न सक्षम रहेको सन्देश दिएको बताएका हुन्।

टिआरसी विधेयकमा सहमति जुटाउने गठित कार्यदलमा भएको सहमति प्रतिवेदन बुझ्दै देउवाले कार्यदलले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाएर विश्वलाई ‘युनिक’ सन्देश दिएको उनले बताए।पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले टिआरसी विधेयकमा सहमति जुटेझैं कार्यान्वयन पनि सहमतिमै हुने विश्वास व्यक्त गरे।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा सहमति जुटाउन बनेको कार्यदलले प्रमुख तीन दलका शीर्ष नेतालाई बुधबार प्रतिवेदन बुझाएका हुन्।

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्यदलले तयार पारेको प्रतिवेदन बुझेका हुन्।

कार्यदलमा गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता रमेश लेखक, एमालेका प्रमुख सचेतक महेश बर्तौला र माओवादी केन्द्रका जनार्दन शर्मा रहेका थिए।

प्रकाशित: २३ साउन २०८१ १४:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 20 =