यस्ताे छ ‘बुलाकी’ को नयाँ ट्रेलर

हिमाल प्रेस २३ साउन २०८१ ११:५६
38
SHARES
यस्ताे छ ‘बुलाकी’ को नयाँ ट्रेलर

काठमाडौँ- साउन ३२ देखि पुनः प्रदर्शन हुने फिल्म ‘बुलाकी’ को नयाँ ट्रेलर सार्वजनिक गरिएको छ। दुई मिनेट ३४ सेकेन्डको ट्रेलरमा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा विद्यमान जारी प्रथालाई प्राथमिकता दिइएको छ। फिल्म महिलाको गहना बुलाकीमा केन्द्रित छ। फिल्ममा निःसन्तान महिलाको पीडा र बाँझोपनको दोष सधैँ महिलालाई नै दिने प्रवृत्ति, घरपरिवारबाट दुःख पाएकी एक महिलाको महिला कथा छ।

मुख्य भूमिकामा छिन् अभिनेत्री सुरक्षा पन्त। अन्य कलाकार नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाइलगायतका कलाकारको अभिनय छ।

फिल्मका निर्देशक लक्ष्मण सुनार हुन्। राजबहादुर सानेको कथा रहेको फिल्म शिव ढकालले छायांकन गरेका छन्। यो फिल्म २०८० वैशाख १ मा सो कम दिएको भन्दै दोस्रो दिनमा नै निर्माताले हलबाट उतारेका थिए।

प्रकाशित: २३ साउन २०८१ ११:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + seven =