जिपी कोइराला अस्पतालमा दश शय्याको डेंगी वार्ड स्थापना

हिमाल प्रेस २३ साउन २०८१ ८:२४
4
SHARES
जिपी कोइराला अस्पतालमा दश शय्याको डेंगी वार्ड स्थापना

तनहुँ- शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा दश शय्याको डेंगी वार्ड स्थापना भएको छ।

अस्पतालमा डेंगी संक्रमणका बिरामीको संख्या बढेसँगै छुट्टै वार्ड स्थापना गरिएको अस्पतालका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए। अघिल्लो वर्ष यहाँ महामारीका रूपमा डेंगी फैलिएको थियो। हालसम्म अस्पतालमा तीन सय ८५ जनामा डेंगी परीक्षण गरिएकामा ९६ जनामा संक्रमण पुष्टि भएको उनले बताए।

डेंगी पुष्टि भएकामध्ये २४ जना उपचारपश्चात् घर फर्किएका छन्। यसैबीच दमौली अस्पतालमा पनि डेंगी परीक्षणका लागि आउने बिरामीको संख्या बढेको छ। अस्पतालका प्रमुख डा परिर्वतन बरालका अनुसार दुई सय २३ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएकामा २५ जनामा संक्रमण पुष्टि भएको छ।

प्रकाशित: २३ साउन २०८१ ८:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast