टीआरसीमा सहमति जुटाउन गठित संयन्त्रले शीर्षनेतालाई प्रतिवेदन बुझाउने

हिमाल प्रेस २३ साउन २०८१ ७:३५
8
SHARES
टीआरसीमा सहमति जुटाउन गठित संयन्त्रले शीर्षनेतालाई प्रतिवेदन बुझाउने

काठमाडौँ- संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी)मा सहमति जुटाउन गठित सहजीकरण संयन्त्रले सहमति जुटाएर तयार पारेको प्रतिवेदन आज शीर्ष नेतालाई बुझाउने भएको छ।

कार्यदल सदस्यहरूले सहमतिको लिखित प्रतिवेदन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुधबार बुझाउने तय भएको छ।

अब शीर्ष नेताले प्रतिवेदन अध्ययन गरेर आवश्यक सुझाव दिएपछि समितिमार्फत अघि बढाउने योजना छ।

उक्त विधेयकमा सहमति जुटाउन एमालेबाट महेश बर्तौला बर्तौला, कांग्रेसबाट गृहमन्त्री समेत रहेका नेता रमेश लेखक र माओवादी केन्द्रका नेता जनार्दन शर्मा रहेको कार्यदल गठन भएको थियो।

प्रकाशित: २३ साउन २०८१ ७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eleven =