कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

हिमाल प्रेस २३ साउन २०८१ ७:२६
10
SHARES
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। आजको बैठकमा गत फागुनमा सम्पन्न महासमिति बैठकबाट पारित प्रतिवेदन र पार्टीका सांगठनिक कार्यक्रमहरू मूल एजेन्डा रहेका छन्। महासमिति बैठकले पारित गरेका दस्तावेज, सरकार सञ्चालन र संगठन निर्माणका विषयमा छलफल हुनेछ।

बैठकले महासमिति बैठकबाट पारित नीति, सांगठनिक र समसामयिक राजनीतिक प्रतिवेदन परिमार्जन गरी अनुमोदन गर्नेछ। पार्टीका भ्रातृ संस्थालाई महाधिवेशन उन्मुख गराउने र वडा तहसम्म पार्टीको कार्यक्रम लैजाने तयारीका विषयमा समेत छलफल हुनेछ।

महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेको राजनीतिक, साङ्गठनिक र समसामयिक प्रस्ताव प्रस्तुत गरेका थिए।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थिति रहनेछ।

प्रकाशित: २३ साउन २०८१ ७:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − eight =