भन्सार छलेर ल्याइएका १२ लाख ५० हजारका कपडा बरामद

हिमाल प्रेस २३ साउन २०८१ ७:०५
6
SHARES
भन्सार छलेर ल्याइएका १२ लाख ५० हजारका कपडा बरामद

झापा- भन्सार छलेर ल्याइएका १२ लाख ५० हजार मूल्य बराबरका कपडा बरामद गरिएको छ। सशस्त्र प्रहरी बलको टोलीले बुद्धशान्ति गाउँपालिका–७ सुनमाई चियाबगान र मेचीनगर नगरपालिका–६ स्थित बसपार्कबाट ती कपडा बरामद गरेको हो।

बुद्धशान्ति–७ सुनमाई चियाबगानबाट परिचालन भएको सशस्त्रको टोलीले १० लाख बराबरको कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं २ गणका सूचना अधिकारी सुमन पोखरेलले जानकारी दिए।

यसैगरी अर्को टोलीले मेचीनगर–६ बसपार्क इलाकाबाट भन्सार छलेर ल्याइएको रु दुई लाख ५० हजार बराबरको कपडा बरामद गरेको सूचना अधिकारी पोखरेलले बताए।

प्रकाशित: २३ साउन २०८१ ७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =