जापान जाने विद्यार्थीले ग्लोबल आइएमईबाट सहजै शैक्षिक कर्जा पाउने

हिमाल प्रेस २२ साउन २०८१ २१:०६
जापान जाने विद्यार्थीले ग्लोबल आइएमईबाट सहजै शैक्षिक कर्जा पाउने

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बीच त्रिपक्षीय समझदारी भएको छ। समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख सम्बन्ध व्यवस्थापन सुशिल थापा तथा जाल्टानका अध्यक्ष राजेन्द्र केसीले हस्ताक्षर गरेका छन्।

उच्च शिक्षाका लागि जापान जान चाहने विद्यार्थीहरूलाई सहज शैक्षिक कर्जा प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय समझदारी भएको बैंकले जनाएको छ। समझदारीअनुसार बैंकले जाल्टानबाट सिफारिस भएका विद्यार्थीहरूलाई जापानका विभिन्न विश्वविद्यालयहरूमा उच्च शिक्षाका निमित्त आवश्यक पर्ने शैक्षिक कर्जा प्रवाह गर्नेछ। बैंकका अनुसार जापान गए पश्चात् विद्यार्थीहरूले जापानबाट आइएमईबाटै सजिलैसँग नेपालमा पैसा पठाउन सक्नेछन्।

प्रकाशित: २२ साउन २०८१ २१:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast