चोभारमा नेपाली सेनाले ल्यायो पञ्चु तथा पाल-सायर प्लान्ट

हिमाल प्रेस २२ साउन २०८१ २०:४९
100
SHARES
चोभारमा नेपाली सेनाले ल्यायो पञ्चु तथा पाल-सायर प्लान्ट

काठमाडौँ- कीर्तिपुरको चोभारस्थित पञ्चु तथा पाल-सायर प्लान्ट मंगलबारबाट सञ्चालनमा आएको छ। प्लान्टको प्रधानसेनापति प्रभुराम शर्माले भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन्।

सो प्लान्ट सैनिक कल्याणकारी कोषको लगानीमा नेपाली सेना बहु व्यवसाय उद्योगअन्तर्गत निर्माण गरिएको नेपाली सेनाले जनाएको छ। ‘नेपाली सेनाको बन्दोबस्ती प्रणालीलाई थप प्रभावकारी बनाउँदै अत्यावश्यक सैनिक सामग्रीहरू उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले यस प्लान्टको स्थापना गरिएको हो,’ सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यस प्लान्टको स्थापनासँगै नेपाली सेनालाई आवश्यक पर्ने गुणस्तरीय पञ्चु तथा विभिन्न प्रकारका पाल-सायरहरूको उत्पादन हुनेछ।’

सो अवसरमा प्लान्टको बलाधिकृत रथी अशोकराज सिग्देलले अवलोकन तथा निरीक्षण गरेका थिए।

प्रकाशित: २२ साउन २०८१ २०:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 8 =