बंगलादेशका प्रहरीहरू उत्रिए हड्तालमा

हिमाल प्रेस २२ साउन २०८१ १९:५१
128
SHARES
बंगलादेशका प्रहरीहरू उत्रिए हड्तालमा

काठमाडौँ- बंगलादेशका प्रहरीहरू हड्तालमा उत्रिएका छन्। देशका हरेक प्रहरीको सुरक्षा सुनिश्चित नभएसम्म हड्ताल जारी रहने प्रहरी संगठन बंगलादेश पुलिस सर्भिस एसोसियसन (बीपीएसए)ले बताएको छ।

नचाहँदानचाहँदै पनि प्रदर्शनकारीमाथि गोली चलाउन बाध्य पारिएको बीपीएसएको भनाइ छ। बीपीएसएले प्रहरीलाई जनतासामु खलनायकको रूपमा चित्रण गरिएको बताएको छ। यसको जिम्मेवार माथिल्लो निकायका अधिकारीहरू हुनुपर्ने उसको भनाइ छ।

‘देशले कानुन बनाउँछ, हामी लागू गर्छौं। हामीले हाम्रा उच्च अधिकारीहरूको आदेश पालना गर्नुपर्छ, चाहे त्यो कानुनी होस् वा अवैध,’ विज्ञप्तिमा लेखिएको छ।

शेख हसिनाले सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि देशभरका ४ सय भन्दा बढी प्रहरी चौकीमा आक्रमण भएको बीपीएसएको भनाइ छ। बंगलादेशमा भएको प्रदर्शनमा धेरै प्रहरीको पनि मृत्यु भएको छ।
बीपीएसएले विद्यार्थीमाथि भएको कारबाही प्रति माफी पनि मागेको छ। (बीबीसी हिन्दीबाट)

प्रकाशित: २२ साउन २०८१ १९:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =