जाजरकोटमा जिप दुर्घटना हुँदा १५ घाइते, तीनको अवस्था गम्भीर

हिमाल प्रेस २२ साउन २०८१ १७:४५
16
SHARES
जाजरकोटमा जिप दुर्घटना हुँदा १५ घाइते, तीनको अवस्था गम्भीर प्रतिनिधिमूलक तस्बिर

सुर्खेत- जाजरकोटमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। तीन जनाको अवस्था गम्भीर छ।

खलंगादेखि भेरी नगरपालिका–६ नेटाबजार जाँदै गरेको ग १ ज ७७११ नम्बरको जिप वडा नम्बर ६ भेरेमा आज दिउँसो साढे २ बजे दुर्घटना भएकाे हो।

दुर्घटनामा १५ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। घाइतेहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले बताए।

घाइतेहरूकाे जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।

प्रकाशित: २२ साउन २०८१ १७:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =