नाजिरको ‘गुन्यो चोलो’ कात्तिक ९ मा

हिमाल प्रेस २२ साउन २०८१ १५:३८
12
SHARES
नाजिरको ‘गुन्यो चोलो’ कात्तिक ९ मा

काठमाडौँ- फिल्म ‘गुन्यो चोलो : कमिङ अफ एज अफ अ गर्ल’ आगामी कात्तिक ९ मा प्रदर्शन हुने भएको छ। फिल्मको मुख्य कलाकार भर्सटायल अभिनेता नाजिर हुसेनको क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले कात्तिक ९ लाई प्रदर्शन मिति घोषणा गरेका हुन्।

पोस्टरमा नाजिरले पहेलो रंगको वान पिस लगाएका छन्। त्यस्तै एउटा हातमा नक्कली कपाल बोकेका छन् भने अर्को हातमा हिल सुज। अनुहारमा पीडा बोध गराउने डामहरु, नाकमा नथिया, कानमा रीङ र श्रृङ्गारले सजिएका नाजिरलाई ट्रान्सवुमन लुक्समा देख्न सकिन्छ। उनी फिल्ममा गुलाबी पात्रको भूमिकामा छन्। फिल्मका लागि नाजिरले १६ केजी तौलसमेत घटाएका थिए।

फिल्मका निर्देशक समुन्द्र भट्ट हुन्। पारलैंगिकको कथामा आधारित  फिल्ममा निर्देशक भट्ट र नाजिर हुसेनको पटकथा तथा संवाद छ। फिल्ममा नाजिरसहित सञ्चिता लुइँटेल, सुशील सिटौला, अनुपम श्रेष्ठ, विशाल पहारी, लाई पनि मुख्य भूमिकामा देख्न सकिन्छ।

अमेरिकी कम्पनी भिजन इन्टरटेन्मेन्ट र दि स्काई ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको छ। फिल्ममा आकाश बुढाथोकी र भि.भन्से जानुबोनको लगानी छ।

प्रकाशित: २२ साउन २०८१ १५:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =