काठमाडौँ– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई संसद्को आगामी बैठकमा प्रस्तुत गर्ने गरी अघि छलफल गर्न आग्रह गरेका छन्।
सिंहदरबारमा मंगलबार बसेको कानुन, न्याय तथा मानवअधिकार समिति बैठकमा मन्त्री चौरसियाले प्रतिनिधिसभाको साउन २९ गते बस्ने बैठकमा उक्त विधेयक प्रस्तुत गर्ने गरी अघि बढ्न आग्रह गरेका हुन्। सदनले बिजिनेस नपाइरहेको अवस्थामा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका साथै केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल निष्कर्षमा पु¥याउनुपर्ने मन्त्री चौरसियाको भनाइ थियो।
उनले केही नेपाल ऐनलाई संशोधनसम्बन्धी विधेयकमा देखिएका विषयमा सहमति खोज्न आफू गम्भीर भएर लाग्ने बताए। त्यस्तै विधायनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई निरन्तर बैठक बसेर टुंगो लगाउन उनले सुझाव दिए।
बैठकमा विधायनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक छलफल प्रारम्भ गर्ने कार्यसूची थियो। समिति सदस्यहरुले नेपाल ऐनलाई संशोधनसम्बन्धी विधेयक र संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई निष्कर्षमा पु¥याएपछि मात्रै अन्य विधेयकमाथि छलफल गर्न सुझाव दिएका थिए।