अनुको ‘ज्यान भैसक्यो बैना’

हिमाल प्रेस २२ साउन २०८१ १२:५९
210
SHARES
अनुको ‘ज्यान भैसक्यो बैना’

काठमाडौँ- अनु अधिकारीको स्वरमा ‘ज्यान भैसक्यो बैना’ बोलको गीत सार्वजनिक भएको छ। पवन कोइरालाको शब्द रहेको गीतमा लोहनी प्रमोदले संगीत भरेका छन्।

प्रकाश मिश्रले मिक्सिङ तथा मास्टरिङ गरेको गीतमा पुरुषेत्तम सुवेदीको संगीत संयोजन छ। रोमान्टिक गीतको भिडियोमा बिना राउत, सरोज अँम्गाईं र बाल कलाकार इभान्सी श्रेष्ठले अभिनय गरेका छन्।

करण सुनारको निर्देशन गरेको भिडियो पवन सुलिङले छायांकन गरेका हुन्। गीतको कोरियोग्राफरमा निर्देशक सुनारसहित युमी बलामी पनि रहेका छन्। गीत गायिका अनु अधिकारीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

यस्तो छ गीत

प्रकाशित: २२ साउन २०८१ १२:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − three =