जनकपुरधाम- मधेश सरकारले महोत्तरीको जलेश्वरस्थित रहेको प्रादेशिक अस्पतालको अस्पताल संचालन तथा व्यवस्थापन समितिको अध्यक्ष मिनु झालाई पदमुक्त गरेको छ।
मधेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय बैठकबाट प्रादेशिक अस्पताल जलेश्वरको अस्पताल संचालन तथा व्यवस्थापन समितिको अध्यक्ष झाका साथै मनोनित पदाधिकारीहरुलाई पदमुक्त गर्ने निर्णय गरेको हो।
मन्त्रालयले गत साउन २ गते सोधेको स्पष्टीकरणको उचित जबाफ नआएकाले साउन २० गते बैठक बसेर जलेश्वर प्रादेशिक अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका पदाधिकारीहरुलाई पदमुक्त गरिएको मन्त्रालयको पत्रमा उल्लेख छ।
प्रकाशित: २२ साउन २०८१ १२:४८
प्रतिक्रिया