डेंगु संक्रमणबाट एकको मृत्यु

हिमाल प्रेस २३ साउन २०८१ ६:३७
4
SHARES
डेंगु संक्रमणबाट एकको मृत्यु

काठमाडौँ- लामखुट्टेको टोकाइबाट हुने डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका अनुसार यस वर्ष २ हजार ३ सय ६५ जनामा संक्रमण देखिएकोमा एक जनाको मृत्यु भएको हो । ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु संक्रमण फैलिएको छ। सबैभन्दा बढी संक्रमित काठमाडौंमा छन्। काठमाडौं जिल्लामा मात्र २ सय ८७ जनामा संक्रमण देखिएको छ।

काठमाडौँ उपत्यकाका ३ सय ६० जनामा डेंगु संक्रमण पुष्टि भएको छ। काठमाडौँका २८७, भक्तपुरका ४२ र ललितपुरका ३१ जनामा डेंगु पुष्टि भएको हो । देशभर ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु फैलिएको छ।

देशभर २ हजार ३ सय ६५ जना सङ्क्रमितमध्ये तीन सय ६० जना काठमाडौँ उपत्यकामा फेला परेका हुन्। डेंगु संक्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन विज्ञहरूले सुझाएका छन्।

देशभर ७७ मध्ये चार जिल्ला मात्र डेंगुबाट सुरक्षित छन् । मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङ्क्रमण फैलिएको इडीसीडीले जनाइएको छ।

प्रकाशित: २३ साउन २०८१ ६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast