अविरल वर्षाका कारण ३४ जिल्ला खतराको सूचीमा

हिमाल प्रेस २२ साउन २०८१ १०:४०
56
SHARES
अविरल वर्षाका कारण ३४ जिल्ला खतराको सूचीमा

काठमाडौँ- देशका अधिकांश भूभागमा सोमबार रातिदेखि वर्षा जारी छ। महाशाखाले ३४ जिल्लामा खतराको चेतावनी अर्थात् ‘रेड अलर्ट’ जारी गरेको छ। काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा भारी वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वर्षाका कारण बाढी र पहिरोको उच्च जोखिममा रहेका जिल्लामा कोशी प्रदेशको ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुम देखिन्छ भने बागमती प्रदेशमा रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवकमोट र दोलखा छन्।

गण्डकी प्रदेशका म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ र गोरखा छन् भने लुम्बिनी प्रदेशमा कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्युठान र अर्घाखाँची उच्च जोखिममा छन्। सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी वर्षाको उच्च जोखिममा रहेको विभागले जनाएको छ।

रातिको समयमा मनसुन बढी सक्रिय भई पानी धेरै पर्ने सम्भावना रहेकाले दुई दिन उच्च सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ।

 

प्रकाशित: २२ साउन २०८१ १०:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 17 =