
पेरिस- पेरिस ओलम्पिक खेलमा अमेरिकाले २१ स्वर्ण, ३० रजत र २८ कास्यसहित सबैभन्दा बढी ७९ पदकसहित अंक तालिकामा शीर्ष स्थानमा रहेको छ । दोस्रोमा चीनले २१ स्वर्ण, १८ रजत र १४ कास्यसहित कुल ५३ पदक हात पारेको छ भने फ्रान्सले १३ स्वर्ण, १६ रजत र १९ कास्य पदकसहित कुल ५३ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ ।
त्यसैगरी, चौँथो स्थानमा रहेको अष्ट्रेलियाले १३ स्वर्ण, १६ रजत र आठ कास्यसहित ३३ पदक जितेको छ भने पाँचौ स्थानमा बेलायतले १२ स्वर्ण, १३ रजत र १७ कास्यसहित कुल ४२ पदक जितेको छ ।
पदक तालिकामा छैठौँ स्थानमा रहेको दक्षिण कोरियाले ११ स्वर्ण, ५ रजत र ११ कास्यसहित कुल २६ पदक जितेको छ भने जापानले १० स्वर्ण, ५ रजत र ११ कास्यसहित २६ पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ । नेपाल हालसम्म पदक विहीन छ।