बंगलादेशमा आन्दोलनका क्रममा पक्राउ परेका सबै विद्यार्थी रिहा हुने

हिमाल प्रेस २२ साउन २०८१ ७:२३
8
SHARES
बंगलादेशमा आन्दोलनका क्रममा पक्राउ परेका सबै विद्यार्थी रिहा हुने

काठमाडौँ- बंगलादेशमा विद्यार्थी आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई रिहा गरिने भएको छ । राष्ट्रपति मोहम्मद शाहबुद्दिनको नेतृत्वमा सोमबार बेलुकी बसेको बैठकले आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई रिहा गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

बैठकले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)की अध्यक्ष बेगम खालिदा जियालाई पनि तुरुन्तै रिहा गर्ने निर्णय गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

बैठकमा सेना प्रमुख जनरल वाकर–उज–जमान, नौसेना र वायुसेनाका प्रमुख र बीएनपी र जमात–ए–इस्लामी पार्टीलगायत विपक्षी दलका शीर्ष नेताहरू सहभागी थिए ।

सेना प्रमुखले सरकारी टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गरेर कामचलाउ सरकार बनाउने बताएका छन् । प्रधानमन्त्री शेख हसिनाले सोमबार पदबाट राजीनामा दिएर देश छाडेकी थिइन् ।

प्रकाशित: २२ साउन २०८१ ७:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast