डलर सर्वाधिक महँगो, अरू मुद्राको मूल्य कति?

हिमाल प्रेस २२ साउन २०८१ ६:४०
12
SHARES
डलर सर्वाधिक महँगो, अरू मुद्राको मूल्य कति? नेपाल राष्ट्र बैंक। फाइल तस्बिर।

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महँगो बन्दा केही विदेशी मुद्राको मूल्य घटेको छ। पाउन्ड, अस्ट्रेलियन डलरसहितका केही मुद्रा आज सस्तिएका छन्।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४६ पैसा निर्धारण भएको छ अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो। विगत केही सातादेखि अमेरिकी डलरको मूल्य लगातार वृद्धि हुँदै आएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३१ पैसा थियो।

त्यसैगरी आज युरो पनि महँगिएको छ। आजको लागि युरोपियन युरो १ को खरिदर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ २१ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४५ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ५२ पैसा थियो।

बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ६२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७१ रुपैयाँ १४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९१ पैसा थियो। अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७० पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४४ पैसा थियो।

कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४४० रुपैयाँ ३२ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ८९ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ८६ पैसा थियो। बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ११ र बिक्रीदर ३५६ रुपैयाँ ७१ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ६७ र बिक्रीदर ३५६ रुपैयाँ २६ पैसा थियो।

प्रकाशित: २२ साउन २०८१ ६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − eight =