रोमानियामा रहँदा फेसबुक ह्याक गरेर ‘ब्ल्याकमेल’, स्वदेश फर्कने बित्तिकै पक्राउ

हिमाल प्रेस २१ साउन २०८१ १९:२७
50
SHARES
रोमानियामा रहँदा फेसबुक ह्याक गरेर ‘ब्ल्याकमेल’, स्वदेश फर्कने बित्तिकै पक्राउ

काठमाडौँ- विदेशमा बसेर महिलाको फेसबुक ह्याक गरी साइबर अपराध गर्ने एक व्यक्तिलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–१ स्थायी घर भएका वर्ष ३५ का सन्दीप थापामगर रहेका छन्। उनी साइबर अपराध गर्दाका समयमा वैदेशिक रोजगारीको सिलसिलामा रोमानियामा रहेको खुलेको ब्युरोका उपनिर्देशक, प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए।

थापाले पीडितको फेसबुक ह्याक गरी उनको म्यासेञ्जरमा पीडित र उनका श्रीमानबीच भएका कुराकानीलगायत सामग्री स‌ंकलनपश्चात् नक्कली एकाउन्ट बनाइ ती म्यासेज पीडितका आफन्तका म्यासेन्जरमा पठाएर साइबर अपराध गरेका खुल्न आएको पनि उनले बतँए।

सामाजिक सञ्जालबाट पीडितका आफन्तलाई त्यस्ता सन्देश पठाई ब्ल्याकमेल गरी मानसिक तनाव, दुःख हैरानी दिई समाजमा पीडितको चरित्र हत्या हुने कार्य गरेको भन्दै ब्युरोमा परेको निवेदनका आधारमा प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा पुष्टि भएपछि उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक अवस्थीले बताए।

उनीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी प्रहरी अनुसन्धानपश्चात् सजायको माग दाबीसहित जिल्ला अदालत काठमाडौँमा मिसिल पेस भएको थियो।

मुद्दा विचाराधीन रहेकै अवस्थामा वैदेशिक रोजगारीमा रहेका प्रतिवादी थापा स्वदेश फर्कने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको सहकार्यमा ब्युरोको टोलीले पक्राउ गरी आज (सोमबार) सार्वजनिक गरेको हो। उनलाई अदालती कारबाहीका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको ब्युरोले जनाएको छ।

प्रकाशित: २१ साउन २०८१ १९:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast