कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

हिमाल प्रेस २१ साउन २०८१ १९:०६
34
SHARES
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन्। साउन ७ गते सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिएका हुन्।

संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मतका लागि मुख्यमन्त्रीले राखेको प्रस्तावको पक्षमा २३ जना सांसदले मत दिएका छन्। प्रस्तावको विपक्षमा १४ सांसदले मतदान गरेका हुन्।

विश्वासको मत लिने प्रस्तावमा ३७ जना मतदानमा सहभागी भएका थिए। मुख्यमन्त्री कँडेलले आइतबार नै सरकारलाई पूर्णता दिएका छन्।

संघमा कांग्रेस र एमालेको गठबन्धन बनेपछि प्रदेशमा पनि त्यहीअनुसारको गठबन्धन बनेको छ। सोहीअनुसार मुख्यमन्त्री कँडेल नेतृत्वको मन्त्रिपरिषदबाट माओवादी बाहिरिएको हो। सरकारमा कांग्रेस सहभागी भएको छ।

सरकारमा सहभागी दलले सरकार छाडेपछि वा समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा नेकपा एमालेका १० (सभामुखसहित), माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १४, राप्रपा र समाजवादीका १/१ जना गरी हाल ३९ जना सांसद छन्।

नेपाली कांग्रेसका १५ सांसद रहेकोमा जीवनबहादुर शाही निलम्बित छन्। विशेष अदालतमा भ्रष्टचार मुद्दा दर्ता भएपछि संसदीय दलका नेता जीवनबहादुर शाही गत चैत २२ गतेदेखि निलम्बनमा परेका हुन्।

गत चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका कँडेलले यसअघि माओवादी केन्द्रको समर्थनमा गत वैशाख १३ गते पहिलोपटक विश्वासको मत प्राप्त गरेका थिए।

प्रकाशित: २१ साउन २०८१ १९:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − nine =