काठमाडौँ- प्राविधिक प्रहरी नायव निरीक्षकको अन्तिम नतिजा प्रकाशित भएको छ। नेपाल प्रहरीले प्राविधिक समूहअन्तर्गत इन्जिनियरिङ र स्वास्थ्य उपसमूहतर्फ रिक्त प्रहरी नायव निरीक्षक पदमा उत्तीर्ण भएका मुख्य र वैकल्पिक सूची सार्वजनिक गरेको हो।
नेपाल प्रहरीले २०८० कात्तिक १७ गते विज्ञापन प्रकाशन गरेको थियो। नियुक्तिका लागि सिफारिस भएका मुख्य उम्मेदवारहरुले भदौ २ गते बिहान ११ बजे आवश्यक कागजातसहित प्रहरी प्रधान कार्यालय नक्सालमा उपस्थित हुन प्रहरीले सूचना जारी गरेको छ।
प्रकाशित: २१ साउन २०८१ १८:४८
प्रतिक्रिया