मानव बेचखिन रोकथामका लागि सरकार गम्भीर छ : मन्त्री सुडी

हिमाल प्रेस २१ साउन २०८१ १८:२५
24
SHARES
मानव बेचखिन रोकथामका लागि सरकार गम्भीर छ : मन्त्री सुडी

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन रोकथामका लागि सरकार गम्भीर भएर काम गरिरहेको बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री सुडीले ऐन कानुनलाई बलियो बनाएर मानव बेचबिखन रोकथाम गर्नका लागि सरकारले काम गरिरहेको बताएका हुन्।

उनले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधनका लागि मन्त्रिपरिषद्मा मस्यौदा लैजाने तयारी भइरहेको बताए।

उनले हाल उक्त संशोधन विधेयक आवश्यक रायका लागि अर्थ मन्त्रालयमा पठाइएको जानकारी दिए।

प्रकाशित: २१ साउन २०८१ १८:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast