केन्द्रले सार्वजनिक गर्‍यो तीनै तहका शिक्षक दरबन्दी विवरण [जिल्लागत सूचीसहित]

हिमाल प्रेस २१ साउन २०८१ १७:५८
208
SHARES
केन्द्रले सार्वजनिक गर्‍यो तीनै तहका शिक्षक दरबन्दी विवरण [जिल्लागत सूचीसहित]

काठमाडाैँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तीनै तहका शिक्षकको रिक्त दरबन्दी विवरण सार्वजनिक गरेको छ। केन्द्रले शिक्षक सेवा आयोगबाट हुने विज्ञापनको प्रयोजनार्थ दरबन्दी विवरण सोमबार सार्वजनिक गरेको हो।

सार्वजनिक विवरणअनुसार प्राथमिक तहको रिक्त शिक्षक दरबन्दी संख्या एक हजार ९१६ रहेको छ। यसै गरी निमावि दरबन्दी ४४४ र माविको ३०२ वटा दरबन्दी रिक्त रहेको छ। साथै केन्द्रले बढुवाका लागि रहेको रिक्त दरबन्दी पनि सार्वजनिक गरेको छ।

रिक्त शिक्षक विवरणमा थपघट गर्नुपर्ने भए उचित र पर्याप्त कारणसहित पाँच दिनभित्र उपलब्ध गराउन सबै शिक्षा विकास तथा समन्वय एकाइलाई  पत्राचार गरिएको केन्द्रले जनाएको छ।

साथै हालसम्म पनि शिक्षा विकास तथा समन्वय एकाइबाट विवरण प्राप्त नभएकोले पाँच दिनभित्र विवरण प्राप्त नभए सम्बन्धित एकाइ नै जिम्मेवार रहनुपर्ने पत्रमा भनिएकाे छ।

यस्ताे छ पत्र

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − four =