विश्वेश्वरप्रसाद कोइरालाको ‘शत्रु’ कथामा बनेको नाटक मञ्चन

हिमाल प्रेस २१ साउन २०८१ १७:१७
208
SHARES
विश्वेश्वरप्रसाद कोइरालाको ‘शत्रु’ कथामा बनेको नाटक मञ्चन

काठमाडौँ- रातोपुलस्थित ओजस थिएटरमा साउन २१ (आज) देखि नाटक ‘शत्रु’ काे मञ्चन सुरु भएको छ। नाटक विश्वेश्वरप्रसाद कोइरालाको ‘शत्रु’ कथामा आधारित छ।

यो कथा कक्षा १० को नेपाली किताबमा समावेश गरिएको छ। बालबालिकालाई कथाबारे बुझ्न सहज होस् भन्ने हेतुले नाटक मञ्चन गरिएको निर्माण टिमले जनाएको छ।

सिम्रिक आर्ट्सको प्रस्तुति रहेको नाटकका परिकल्पनाकार तथा निर्देशक विशाल देवकोटा हुन्। नाटकको सह–निर्देशन उमेश दुलाल ‘अर्जुन’ले गरेका छन्।

नाटकमा नाट्यकर्मी बिरेन्द्र सिंह कुशवाहा, अजय बान्तवा राई, राजिव चौधरी, सुस्मिता भण्डारी, सलिना क्षेत्री, नवीन काफ्ले, भुवन लोहारको अभिनय छ। नाटक ३० गतेसम्म मञ्चन गरिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + four =