बंगलादेशमा रहेका नेपाली विद्यार्थीको सुरक्षाका लागि परराष्ट्रमन्त्रीको निर्देशन

हिमाल प्रेस २१ साउन २०८१ १६:५२
16
SHARES
बंगलादेशमा रहेका नेपाली विद्यार्थीको सुरक्षाका लागि परराष्ट्रमन्त्रीको निर्देशन आरजु राणा

काठमाडौँ– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली विद्यार्थीलाई पर्नसक्ने अप्ठेरोप्रति सजग रही उनीहरूको सुरक्षामा सक्रिय रूपमा लाग्न ढाकास्थित नेपाली दूतावासलाई निर्देशन दिएकी छन्। मन्त्री राणाले ढाकास्थित नेपाली राजदूत घनश्याम भण्डारीलाई सोमबार टेलिफोनमार्फत निर्देशन दिएकी हुन्।

बंगलादेशमा जारी आन्दोलनका कारण त्यहाँ रहेका नेपाली सुरक्षित रहन सक्ने भएकाले उनीहरूको सुरक्षाका लागि निर्देशन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस अवसरमा बंगलादेशमा नेपाली विद्यार्थीलगायत सबै नेपाली नागरिक सुरक्षित रहेको जानकारी राजदूत भण्डारीले गराएका थिए।

मन्त्री राणाले धेरै नेपाली विद्यार्थी स्वदेश फर्किसके पनि बाँकी रहेकाको सुरक्षाका लागि उनीहरुको सम्पर्कमा रहेर आवश्यक समन्वय गर्न दूतावासलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ।  ढाकास्थित नेपाली दूतावासले बंगलादेशमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएकाले त्यहाँ रहेका सबै नेपालीलाई आफू रहेका स्थानमै सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित: २१ साउन २०८१ १६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast