सरकारले भन्यो : लेबनानमा रहेका सबै नेपाली सुरक्षित छन्

हिमाल प्रेस २१ साउन २०८१ १५:५६
18
SHARES
सरकारले भन्यो : लेबनानमा रहेका सबै नेपाली सुरक्षित छन् परराष्ट्र मन्त्रालय

काठमाडौँ- परराष्ट्र मन्त्रालयले लेबनानमा रहेका सबै नेपाली हालसम्म सुरक्षित रहेको बताएको छ। आज सोमबार प्रेस विज्ञप्ति जारी गर्दै लेबनानमा रहेका नेपालीको सहजताको लागि निरन्तर प्रयत्न भइरहेको जनाएको छ।

‘लेबनानमा विकसित पछिल्लो घटनाक्रमका सन्दर्भमा त्यहाँ रहनुभएका सम्पूर्ण नेपाली नागरिकहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ नेपाल सरकार पूर्णरूपमा सचेत रहेको छ,’ परराष्ट्रले विज्ञप्तिमा भनेको छ, ‘हालसम्म त्यहाँ रहेका नेपाली नागरिकहरू सुरक्षित रहेको तथा उनीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको छ।’

तत्कालै थप कुनै सहयोग आवश्यक परेमा लेबनानमा रहेका नेपाली नागरिकहरू तथा उनीहरूका आफन्तहरूले कायरोस्थित नेपाली दूतावासको नम्बर २०१०९७७७२३४८ मा र परराष्ट्र मन्त्रालयको ९८४९१७९५२० नम्बरमा सम्पर्क गर्न परराष्ट्र मन्त्रालयले भनेको छ।

साथै, लेबनानमा रहेका नेपालीहरूको सूची अद्यावधिक गर्ने प्रयोजनका लागि कायरोस्थित नेपाली दूतावासको वेवसाइटमा रहेको लिंकमा आवश्यक विवरण उपलब्ध गराउन पनि परराष्ट्रले लेबनानमा रहेको नेपालीलाई अनुरोध गरेको छ।

प्रकाशित: २१ साउन २०८१ १५:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =