खोकनामा राजनीति धेरै हुँदा फास्ट ट्रयाकको काम बिग्रियो : प्रधानसेनापति शर्मा

हिमाल प्रेस २१ साउन २०८१ १३:४४
28
SHARES
खोकनामा राजनीति धेरै हुँदा फास्ट ट्रयाकको काम बिग्रियो : प्रधानसेनापति शर्मा

काठमाडौँ- नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले निर्माणधीन काठमाडौँ-तराई द्रुतमार्गको काम ललितपुरस्थित खोकनामा हुने राजनीतिले असर गरेको बताएका छन्।  आज सोमबार द्रुतमार्गअन्तर्गतकै धेद्रे सुरुङको ब्रेक थ्रु कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै गएका उनले खोकनाको राजनीतिले असर गरेको बताएका हुन्।

‘ललितपुरको खोकनामा राजनीतिले (द्रुतमार्गको काम) बिगारेको छ, राजनीतिले नै सपार्नु पर्छ समय लागेको छ। ठेक्का लाग्न पाएको छैन साढे ६ किलोमिटर। हामी राजनीति नगर्ने भए पनि हामी कुरा बुझ्छौँ’ उनले भने। उनले विसं २०७६ सालबाट सुरु भएको उल्लेख गर्दै ०८३ सम्म पूरा गर्ने पनि बताए। उनले थपे- २०८३ सम्ममा पूरा गर्छौं। हामीले २०७६ सालबाट सुरु गरेको हो।’

आजै प्रधानमन्त्री ओलीले निजगढतर्फ जाने १७२८ मिटर लामो धेद्रे सुरुङ मार्गमा स्वीच थिचेर ब्रेक थ्रुको गरे। यो सुरुङ चीनको पोलि छ्याङ्दा कम्पनीले निर्माण गरिरहेको छ। यो आयोजनाको समष्टिगत प्रगति भने ३५.३८ प्रतिशत पुगेको सेनाले जनाएको छ। २१ वैशाख २०७४ को निर्णय अनुसार काठमाडौँ तराई द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाइ दिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 2 =