८ वर्षपछि राजेश हमाल कुन फिल्म खेल्दैछन्?

हिमाल प्रेस २१ साउन २०८१ ११:४७
22
SHARES
८ वर्षपछि राजेश हमाल कुन फिल्म खेल्दैछन्?

काठमाडौँ- नेपाली फिल्मका महानायक राजेश हमाल करिब ८ वर्षपछि अभिनयमा फर्किने भएका छन्। महानायक हमालले निर्देशक दिवाकर भट्टराईको फिल्ममा जाेडिएकाे जानकारी दिएका छन्। निर्माता तथा निर्देशक भट्टराई र महानायक हमालबीच आइतबार लिखित सम्झौता भएको हो।

महानायक हमालले निर्देशक दिवाकर भट्टराईको फिल्ममा अनुबन्धित भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत तस्बिर पनि सार्वजनिक गरेका छन्। उनले लेखेका छन् ‘लामो अन्तरालपछि दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्ममा काम गर्दैछु।’  यसअघि उनी २०७३ मा फिल्म ‘शकुन्तला’ मा देखिएका थिए। त्यसयता उनको अभिनयमा म्युजिक भिडियो सार्वजनिक भइरहेको थियो।

फिल्मको नाम भने सार्वजनिक गरिएको छैन। केही समयपछि फिल्मबारे घाेषणा गर्ने निर्माण टिमले जनाएको छ। टिमका अनुसार आगामी भदौबाट छायांकन गर्ने तयारी छ।

प्रकाशित: २१ साउन २०८१ ११:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =