‘फास्टट्रयाक’ अनुगमनमा निस्किंदै प्रधानमन्त्री ओली

हिमाल प्रेस २१ साउन २०८१ ९:०१
12
SHARES
‘फास्टट्रयाक’ अनुगमनमा निस्किंदै प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली आज निर्माणाधीन काठमाडौँ तराई मधेश  द्रुतमार्ग (फास्टट्रयाक) सडक आयोजनाको अनुगमनमा  जाने भएका छन्।

फास्टट्रयाकअन्तर्गतका विभिन्न स्थानको स्थलगत निरीक्षणका लागि बिहान साढे नौ बजे हेलिकप्टरमार्फट् ओली त्यसतर्फ जान लागेका उनको सचिवालयले जनाएको छ। ओली सवार हेलिकप्टर लेनडाँडामा अवतरण हुने र त्यहाँ निर्माण कार्यको उनले स्थलगत निरीक्षण गर्नेछन्।

प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंकाअनुसार ओली आज हेटौंडासम्म पुग्ने कार्यक्रम रहेको छ।

धेत्रेमा रहेको एक दशमवल ७२८ किलोमिटर लम्बाइको सुरुङको ब्रेक थ्रू गर्ने कार्यक्रममसमेत रहेको छ। प्रधानमन्त्री ओलीसँगै रक्षामन्त्री मानवीर राई, प्रधानसेनापति प्रभुराम शर्मालगायत पनि अनुगमनमा जाँदैछन्।

काठमाडौं-निजगढ जोड्ने कुल ७२.५ किलोमिटर लामो फास्टट्रयाकमा ५५.५ मिटर सडक, ६.४१ मिटर सुरुङ र १०.५९ किलोमिटर पुल रहनेछ।

ललितपुरको खोकना प्रवेशविन्दु रहेको फास्टट्रयाक पहाडी क्षेत्रमा २५ मिटर र समथर भू-भागमा २७ मिटर फराकिलो हुने सेनाले जनाएको छ। फास्टट्रयाकका तीन ठाउँमा सुरुङमार्ग हुनेछ। महादेवडाँडामा ३.३ किमि, धेद्रेमा १.६ किमि र लैनडाँडामा १.४ किलोमिटर लामो सुरुङ हुनेछ।

फास्टट्रयामा ८७ ओटा पुल रहनेमा १६ ओटा विशेष प्रकृति र ७१ ओटा अरु पुल रहने जनाइएको छ।

प्रकाशित: २१ साउन २०८१ ९:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + fourteen =